‘माँ’ परियोजना अन्तर्गत अलिपुरद्वारमा केवल 5 रुपियाँमा भोजनको व्यवस्था

अलिपुरद्वार : तृणमूलको माँ परियोजना अन्तर्गत अलिपुरद्वार जिल्ला प्रशासन र अलिपुरद्वार नगरपालिकाको संयुक्त पहलमा केवल 5 रुपियाँमा अण्डा भातको व्यवस्था गरिएको छ। गत सोमबारको दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त परियोजनाको उद्घाटन गरिन्। उक्त परियोजना अन्तर्गत राज्यको विभिन्न ठाउँहरूमा केवल 5 रुपियाँमा भात, दाल, अण्डा र सब्जी आदिको व्यवस्था गरिएको छ। यस अवसरमा अलिपुरद्वार नगरपालिका चेयरम्यान मिहिर दत्तले साधारण मानिसहरूको लागि उक्त व्यवस्था गरिएको बताए। आज लगभग 3 सयभन्दा अधिक मानिसहरूले 5 रुपियाँमा पेटभर भोजनको लाभ उठाए भने 5 रुपियाँ समेत नभएका मानिसहरूलाई आफूहरूले 5 रुपियाँ दिएर भोजनको व्यवस्था गरिदिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *