माता वैष्णव देवी मन्दिरमा भागदौड मच्चिँदा 12 जनाको मृत्यु, 15 घाइते

जम्मू : कटरास्थित माता वैष्णव देवी मन्दिरमा नयाँ वर्ष 2022-को पहिलो दिन दर्शनको निम्ति आएका श्रद्धालुहरूमाझ आज बिहानै गेट नम्बर 3-मा भागदौड मच्चिँदा 12 जना श्रद्धालुहरूको मृत्यु भएको छ भने 15 भन्दा अधिक श्रद्धालुहरू घाइते भएका छन्। प्राप्त जानकारी अनुसार उक्त भागदौड मच्चिँदा घाइते भएका श्रद्धालुहरूलाई उपचारको निम्ति नारायण हस्पिटलमा भर्ना गरेपछि हाल उपचाराधीन अवस्थामा छन्। उक्त घटनालाई लिएर राज्य सरकारले मृतकहरूप्रति शोक प्रकट गर्दै घटनाको जाँचको निम्ति एउटा कमिटी बनाएको छ। अर्कोतिर, उक्त घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन्। तिनले प्रधानमन्त्री राहत कोषबाट घटनामा मर्नेहरू प्रत्येकलाई 2 लाख अनि घाइतेहरूलाई 50 हजार रुपियाँ दिइने घोषणा गरेका छन्। यसैगरी, जम्मू कश्मिरका एलजी मनोज सिन्हाले दुर्घटनामा प्राण गुमाउने परिवारका सदस्यलाई 10 लाख अनि घाइतेहरूलाई 2 लाख रुपियाँ दिइने घोषणा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *