माछा विक्रेताहरूलाई साइकल र आइस बक्स प्रदान

कालियागञ्ज : गाउँका माछा विक्रेताहरूलाई आत्मनिर्भर बनाउनको लागि उत्तर दिनाजपुर जिल्लाको कालियागञ्ज ब्लक मत्स्य विभागको तत्वावधानमा साइकल र माछा राख्नको लागि आइस बक्स वितरण गरियो। आज यहाँका चारजना माछा विक्रेतालाई साइकल र आइस बक्स प्रदान गरिएको बताइएको छ। कालियागञ्ज ब्लकका मत्स्य अधिकारी शैलेस दासले बताए अनुसार यसभन्दा अघि पनि 10 जना माछा विक्रेतालाई साइकल र आइस बक्स प्रदान गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *