माछा विक्रेताले फँसाए 1 करोड रुपियाँको लटरी

राजगञ्ज : एकजना माछा व्यापारीले 30 रुपियाँको लटरी काटेर करोडपति बनेका छन्। प्राप्त जानकारी अनुसार माछा व्यापारी उत्तम सरकारले हिजो अपरान्ह आमबारी बजारबाट 30 रुपियाँमा लटरी काटेका थिए। साँझ लटरीको रिजल्ट निस्केपछि 1 करोड रुपियाँ जितेको थाहा पाए। तिनी मूल रूपमा आमबारी निवासी रहे तापनि हाल परिवारसित सिलगढीको ठाकुरनगर संलग्न इलाकामा बस्दै आइरहेका छन्। यस सम्बन्धमा उत्तम सरकारले भने, आफू पेशाले माछा विक्रेता हुँ। गत अपरान्ह आमबारी बजारबाट लटरी किनेका थिए। राति लटरीको रिजल्ट आएपछि हेर्दा लटरीमा आफूले 1 करोड रुपियाँ जितेको थाहा पाए। उक्त रुपियाँ आफ्नी छोरी र छोराको राम्रो भविष्यको लागि राख्नेछु साथै घर पनि बनाउने तिनले बताए। लटरी जितेपछि उत्तम सरकारले आमबारी फालाकाटा पुलिस आउटपोस्टमा गएर आफ्नो सुरक्षाको लागि आवेदन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *