माछा बिक्री गर्नेका छोरा सचिन साह बने स्कुल टपर

सिलगढी : सिलगढी भारती हिन्दी हाई स्कुलका छात्र सचिन साहले माध्यमिक परीक्षामा 464 अङ्क प्राप्त गरेर स्कुलमा पहिला स्थान हासिल गरेका छन्। तिनका बाबुले दार्जिलिङमा गएर घर-घरमा घुमेर माछा बिक्री गर्ने गर्दछन्। कोरोनाको समयमा काम बन्द भएपछि घरको आर्थिक अवस्था राम्रो थिएन। तरै पनि तिनको छोरा सचिनको कठोर मेहनत र लगनले गर्दा तिनले माध्यमिक परीक्षामा स्कुलमा प्रथम स्थान ओगटेका छन्। सचिन साहले बताएअनुसार घरको आर्थिक अवस्था कमजोर रहे तापनि आमा-बाबु लगायत स्कुलका शिक्षकहरूको सहयोगले गर्दा तिनले माध्यमिक परीक्षामा 464 अङ्क हासिल गरेर स्कुलमा प्रथम स्थान ओगटेका छन्। तिनको डक्टर बन्ने सपना रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *