माछा बिक्री गर्नेको छोरी रीता हल्दार राज्यमा सातौँ स्थानमा

सिलगढी : सिलगढीको ईस्टर्न बाइपास संलग्न खुदीरामपल्ली निवासी रीता हल्दारले उच्च माध्यमिक परीक्षामा 492 अङ्क प्राप्त गरेर राज्यभरिमै सातौँ स्थान ओगटेकी छन्। रीता हल्दार 40 नम्बर वार्डको हैदरपाडा बुद्धभारती हाई स्कुलको कला विभागकी छात्रा हुन्। तिनको बाबु पेशाले माछा विक्रेता हुन् भने आमाले अर्काको घरमा काम गर्ने गर्दछिन्। परिवारमा आर्थिक संकट भएकोले तिनको ट्युसन फिस दिनमा पनि असुविधा हुने गर्दथ्यो। तरै पनि घरको आर्थिक कमजोरीलाई तिनले कहिले आफ्नो पढ़ाईमा बाँधा बन्न दिइनन्। कठोर मेहनत तथा लगनशीलताले गर्दा तिनले उच्च माध्यमिक परीक्षामा राज्यभरिमै सातौँ स्थान ओगटेर परिवार लगायत सहरको नाम उच्च पारेकी छन्। रीता भविष्यमा शिक्षिका बन्न चाहन्छिन्। घरको आर्थिक अवस्थाले गर्दा अघि पढाई कसरी गर्ने भन्ने विषयलाई लिएर तिनी चिन्तित छिन्। रामकृष्ण मिशन लगायत विभिन्न सामाजिक संगठनहरूले व्यक्तिगत रूपमा रीतालाई सहयोग गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *