मादक पदार्थसहित तीनजना तस्कर पक्राउ

सिलगढी: सिलगढीको भक्ति नगर थाना पुलिसले द्वितीय महानन्दा ब्रीज शहीद नगर मोड़ संलग्न हनुमान मन्दिर नजिक छापामार अभियान चलाएर लगभग 20 बोतल कप सिरफ अनि 384 पीस नशालु क्याप्सुलसहित  एउटा मोटरसाइकल जफत गरेको छ। यसको साथै घटनामा संलग्न सिलगढीको भिन्न भिन्नै ठाउँका तीनजना आरोपीलाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अमलान दत्ता (40), तपन पल (23) र महादेव अधिकारी (29) सामेल छन्। आरोपीहरूलाई मादक पदार्थ तस्करी अवधि पक्राउ गरेको पुलिस सूत्रले जनाएको छ। आज तीनै जना आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *