मादक पदार्थ विक्रेताहरूलाई पक्राउ गर्नुपर्ने मागमा गाउँलेहरूद्वारा थाना घेराउ 

सिलगढी : युवाहरूलाई नशालु पदार्थको सेवनबाट बचाउनको लागि नाशालु पदार्थ विक्रेताहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरिनुपर्ने मागमा स्थानीय मानिसहरूले गत राति बाघडुग्रा थाना घेराउ गरे। स्थानीय मानिसहरूको भनाइअनुसार पुलिस प्रशासनले युवा वर्गलाई नशालु पदार्थको सेवन गर्नबाट रोकथाम गर्नको लागि कठोर कदम उठाउनु पर्नेछ। यसैले नशालु पदार्थको कारोबारसित संलग्न रहेका मानिसहरूलाई पुलिसले चाँडै पक्राउ गर्नुपर्ने आवश्यक रहेको तर पुलिसले यसबारे कुनै पहल नगरेको तिनीहरूको आरोप रहेको छ। यसैले गर्दा स्थानीय मानिसहरूले थाना घेराउ गरेर आरोपीहरूलाई चाँडै पक्राउ गरिनुपर्ने माग गरेको बताइएको छ। यस मामिलाबारे चाँडै कार्वाही गरिने प्रशासनले तिनीहरूलाई आश्वासन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *