मादक पदार्थ सहित युवक पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले धेरै मात्रामा मादक पदार्थ सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक बिहार निवासी 19 वर्षीय पिन्टु प्रसादको रूपमा चिन्हित गरिएको छ। हाल पिन्टु सिलगढीको चम्पासरी इलाकामा भाडाको घरमा बस्दै आइरहेका छन्। गोप्य सूचनाको आधारमा भक्ति नगर थाना पुलिसले छापामारी अभियान चलाएर धेरै मात्रा में मादक पदार्थ सहित पिन्टुलाई सिलगढीको इन्दिरा गाँधी मैदानबाट पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवक विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *