मादक पदार्थ व्यवसायी पुष्प गिरोहको एकजना प्रमुख नाइके मालदाबाट एसओजी-द्वारा पक्राउ

सिलगढी (निसं): मालदाबाट सिलगढीमा मादक पदार्थको व्यवसाय चलाउने मुख्य नाइके अन्तत: सिलगढी मेट्रोपलिटन पुलिसको हातमा परेको छ। मालदाबाट पर्दा पछि रहेर मादक पदार्थको व्यवसाय चलाउने किंगपिंग जगदीश मण्डललाई स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले पक्राउ गरेर सिलगढी ल्याइपुऱ्याए पछि आज तिनलाई अदालतमा पेश गरियो। आरोपी जगदीश मण्डल पेशाले फल व्यवसायी हुन्। तिनी मालदामा ठेलामा फल बिक्री गर्छन् तर व्यवसायको आड़मा तिनले ब्राउन शुगर तस्करी गर्दथे। स्मरण रहोस, गत 9 अक्टोबरको दिन एसओजी अनि मतिगढा थाना पुलिसले यहाँको साधन मोड़स्थित एउटा घरमा संयुक्त अभियान चलाएर मादक पदार्थको व्यवसाय गर्ने पुष्पा गिरोहको पर्दाफाश गर्दै 6 जनालाई पक्राउ गरेको थियो। यसपछि तिनीहरूलाई हिरासतमा लिएपछि सोधखोज अवधि जगदीश मण्डलका नाम सामु आएको थियो। आरोपीहरूले पुलिसलाई बताए अनुसार जगदीश मण्डलले नै मालदाबाट मादक पदार्थ तिनीहरूलाई पठाउने गर्दथे अनि सिलगढीमा मादक पदार्थ व्यवसायको नेटवर्क जगदीश र पुष्पा मिलेर गर्दथे। यसै आधारमा एसओजी-ले मालदामा गत बुधवार अभियान चलाएर धेरै मेहनत पछि अन्तमा  जगदीश मण्डललाई पक्रन सफल भएको बताइएको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *