मादक तस्कर नक्सलबारीबाट पक्राउ  

नक्सलबारी: सिलगढीबाट नक्सलबारीमा मादक पदार्थहरूको तस्करी गरिरहेको समय पुलिसले एकजना मादक तस्करलाई पक्राउ गरेको छ।  पक्रा पर्ने आरोपी वरुण पाल सिलगढी निवासी रहेको बताइएको छ।  प्राप्त जानकारी अनुसार गत राति गोप्य सूत्रको आधारमा नक्सलबारी पुलिसले नक्सलबारीको बाबुपाडा संलग्न इलाकामा अभियान चलाएर एकजना युवकलाई पक्राउ गरेको छ। तिनीबाट पुलिसले 4 किलो 500 ग्राम गाजा अनि 40 ग्राम हेरोइन उद्धार गरेको छ, जसको बजार मूल्य लगभग 1 लाख रुपियाँ रहेको छ। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *