मदन भट्टाचार्यद्वारा असहाय परिवारलाई सहयोग

सिलीगढी : लकडाउनको कारण धेरैजसो गरिब परिवारहरू समस्यामा परेका छन्। लकडाउनको कारण केही मानिसहरू बेरोजगार भएका छन् भने केही मानिसहरूले आफ्नो पेशा बद्लिसकेका छन्। यस्तो समयमा असहाय मानिसहरूको सहयोग गर्न मदन भट्टाचार्य अघि आएका छन्। तिनले सिलगढी नगरनिगम अन्तर्गत पर्ने 28 नम्बर वार्डको मजदुर कोलनीको असहाय 3 परिवारलाई तीन महीनाको खाद्य सामग्रीहरू वितरण गरे। इलाकाका अन्य असहाय परिवारको सहयोग गर्न तिनी सदैव तत्पर रहने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *