मदारीहाटमा ट्रक र डम्पर  ठोक्किँदा चालक गम्भीर रूपमा घाइते

मदारीहाट (निसं) : मदारीहाटमा भएको सडक दुर्घटनामा परेर एकजना व्यक्ति घाइते भएको छ। प्राप्त जानकारी अनुसार आज बुधवार बिहान मदारीहाट एशियन हाईवेमा पेट्रोल पम्प नजिक असम गइरहेको एउटा ट्रक बीरपाड़ातर्फ गइरहेको डम्परसित ठोक्कियो। उक्त घटनामा ट्रकको चालक गम्भीर रूपमा घाइते भएको छ। उक्त दुर्घटना पछि पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


अर्कोतिर, यस्तै अर्को एउटा दुर्घटना मदारीहाट एशियन हाईवेमा पनि भएको जानकारी प्राप्त भएको छ। विपरित दिशामा गइरहेको एउटा मालवाहक ट्रक अनियन्त्रित हुँदा पल्टिएको बताइएको छ। ट्रक चालक अनि खलासी दुवैलाई सामान्य चोट लागेको छ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *