मदारीहाट एसियन हाईवेमा सडक दुर्घटनामा युवकको मृत्यु

अलिपुरद्वार : मदारीहाट एसियन हाईवेमा सडक दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ। मृतक युवक 30 वर्षीय विश्वजीत रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार उक्त युवक बाइकमा सवार भएर राङ्गालिबाजनाबाट वीरपाडातर्फ गइरहेको समय एउटा नदी संलग्न इलाकामा सडक दुर्घटनामा परेर गम्भीर रूपमा घाइते भएका थिए। मदारीहाट थाना पुलिसले राति 11 बजी उक्त युवकलाई रक्ताम्मे अवस्थामा उद्धार गरेर मदारीहाट प्राथमिक स्वास्थ्य केन्द्र लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार सदर अस्पतालमा पठाएको मदारीहाट थानाका ओसी गौरव हासदाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *