मदारीहाटको गेरगंडा चिया कमानबाट श्रमिकको शव उद्धार

मदारीहाट: मदारीहाट पुलिसले यहाँको गेरगंडा चिया कमानबाट एकजना श्रमिकको शव उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार गेरगंडा चिया कमानका श्रमिक बासरा उरांव हिज मंगलबार बिहान घरबाट काममा गएपछि अबेर समयसम्म पनि फर्की नआएपछि तिनका परिवारका सदस्यहरूले तिनलाई खोजी गर्न थाले। यसपछि मंगलवार राति चिया कमानको चार नम्बर सेक्सनमा परिवारका सदस्यहरूले तिनको शव भेट्टाए अनि यसपछि पुलिसलाई घटनाको जानकारी दिए। पुलिसले घटना स्थलमा आएर शव उद्धार गर्नको साथै शवलाई पोस्टमर्टमको लागि अलिपुरद्वार अस्पतालमा पठाइदिए। पुलिसले घटनाको जाँच शुरू गरेको बताएको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *