मदारीहाटमा 30 वटा हात्तीको झुन्ड पसेपछि इलाकावासी आतङ्कित

अलिपुरद्वार (निसं): अलिपुरद्वार जिल्लाको मदारीहाट मेघनाथसाहा नगर इलाकामा आज बिहान लगभग 30 वटा  हात्तीको झुन्ड पसेपछि इलाकावासी आतङ्कित बने। प्राप्त जानकारी अनुसार जलदापाडा नेशनल पार्कको जङ्गलबाट 30 वटा जङ्गली हात्तीको झुन्ड उक्त गाउँको विभिन्न इलाकामा पसेपछि गाउँलेहरूमा आतङ्कको माहौल देखापर्यो। यसबारे वन विभागलाई खबर दिएपछि जलदापाडा वन विभागका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त हात्तीको झुन्डलाई जङ्गलतिर लखेट्ने कार्य शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *