मदारीहाटमा 3 वटा हात्तीको ताण्डवले सुपारी बारी क्षतिग्रस्त

अलिपुरद्वार : मदारीहाटमा 3 वटा जङ्गली हात्तीले ताण्डव मच्चाएर सुपारी बारी क्षतिग्रस्त पारिदिएको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति जलदापाडा जङ्गलबाट 3 वटा जङ्गली हात्ती पूर्व मदारीहाट इलाकामा पसेर सुपारी बारीको केही सुपारीको रुखहरू भाँचिदिएको बताइएको छ। स्थानीय प्रसनजीत रायले बताएअनुसार गत अबेर राति तीनवटा जङ्गली हात्ती उक्त इलाकामा प्रवेश गरेर सुपारी बारीमा ताण्डव मच्चायो। पटेका पड्काएर उक्त हात्तीलाई जङ्गलतिर लखेट्ने प्रयास गरे तापनि विफल भएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *