मदारीहाटमा 95 वर्षीय वृद्धा महिलालाई युवकद्वारा यौन उत्पीडन, अवस्था चिन्ताजनक

मदारीहाट: मध्य डुवर्सको मदारीहाटमा गत 1 अगस्तको दिन एउटी 95 वर्षीय वृद्धा महिलालाई एकजना 25 वर्षीय आदिवासी युवकले यौन उत्पीडन गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनाको खबर पाउन साथ गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले आफ्नो पार्टीको ह्युमन राइट सेलका को-अर्डिनेटर रिषिका छेत्रीलाई उक्त घटनाबारे जाँच गर्न मदारीहाट पठाएका थिए। गत 1 अगस्तको दिनमा नै उक्त अमानवीय घटना भएता पनि अहिलेसम्म कुनै समाचार पत्र तथा सामाजिक सञ्जालहरुमा यसबारे खबर प्रकाशित नभएको  कारणले गर्दा रिषिका छेत्रीले उक्त क्षेत्रमा आएर पीडित वृद्ध महिलालाई भेटघाट गर्दै तिनको स्वास्थ्यबारे जानकारी लिइन्। पीडिता वृद्धाको हाल अति सोचनीय अवस्थामा पुगेको तर आरोपीलाई अहिलेसम्म पनि पक्राउ नगरिएको जनाइएको छ। यसपछि ह्युमन राइट सेलका को-अर्डिनेटर रिषिका छेत्रीले पीडित परिवारहरुसँग कुराकानी गरेपछि मदारीहाट थाना प्रभारी साथै एसडीपीओ लोपसाङ भुटियासँग गत राति नै भेट गरेर 24 घण्टाको अवधिमा उक्त आरोपी युवकलाई पक्राउ गरिनु पर्ने अल्टिमेटम दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *