मदारीहाटमा अनियन्त्रित लरी पल्टिँदा दुई घाइते

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको मदारीहाट दलदली इलाकाको 31 नम्बर वार्ड राष्ट्रिय राजमार्गमा चियापत्ती लादिएको एउटा लर अनियन्त्रित भएर पल्टिँदा चालक र खलासी घाइते भएको छ। प्राप्त जानकारीअनुसार असमबाट चियापत्ती लादिएको एउटा लरी सिलगढीतर्फ गइरहेको समय 31 नम्बर राष्ट्रिय राजमार्गमा उक्त लरी अचानक अनियन्त्रित भएर पल्टिएको बताइएको छ। घटनाको खबर पाएर मदारीहाट पुलिस घटनास्थलमा पुगेर घाइते चालक र खलासीलाई उद्धार गरेर उपचारको लागि मदारीहाट अस्पताल लगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *