मदारीहाटमा अत्याधिक वर्षामा बिजुलीको करेन्ट लागेर वयस्क हात्तीको मृत्यु

मदारीहाट: अविरल वर्षाको समयमा बिजुलीको करेन्ट लागेर मदारीहाटको पूर्वी खैरबारीमा एउटा वयस्क हात्तीको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार गत राति लगभग 12 बजी खयेरबारी इलाकाको सुपारी बगानमा एउटा हात्ती पस्यो। त्यहाँ हाई टेनसन बिजुलीको तार रहेकोले अचानक बिजुलीको सम्पर्कमा आएर एउटा सुपारीको बोटमा आगो लागेको स्थानीय मानिसहरूले देखे। यसपछि तिनीहरूले त्यहाँ एउटा हात्ती मरेको अवस्थामा देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। वनविभागले दिएको जानकारी अनुसार सुपारीको रुखको सम्पर्कमा आएर उक्त दुर्घटना भएको हो। जलदपाडा राष्ट्रिय उद्यानका वनकर्मीहरू घटनास्थलमा पुगेर मरेको हात्ती उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *