मदारीहाटमा बाइसनको हमलामा व्यक्ति घाइते

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको मदारीहाट इलाकामा सडक किनारको झाँडीमा शौच गर्न जाँदा बाइसनको हमलामा एकजना व्यक्ति घाइते भएका छन्। प्राप्त जानकारी अनुसार मदारीहाट इलाकाको प्रधाननगर निवासी रञ्जीत दास आज बिहान मदारीहाट राष्ट्रिय राजमार्गको किनारको झाँडीमा शौच गर्न गएको समय एउटा बाइसनले हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि तत्कालै तिनलाई उद्धार गरेर अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। आवासीय इलाकामा यसरी बाइसनले हमला गरेको घटनालाई केन्द्र गरेर इलाकावासीहरू आतङ्कित बनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *