मदारीहाटमा बाइसनको हमलामा एकजना वनकर्मीको मृत्यु

मदारीहाट : मदारीहाट इलाकाको जलदापाडा मालङ्गी बिटमा आज साँझ बाइसनको हमलामा एकजना वनकर्मीको मृत्यु भएको छ। मृतक वनकर्मी गौतम कार्जीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार जलदापाडा वन विभागका वनकर्मी गौतम कार्जी लगायत मोठ 4 जना जलदापाडा राष्ट्रिय उद्यानको मालङ्गी बिटमा टहलदारी गरिरहेको समय एउटा बाइसनले हमला गर्दा गौतम गम्भीर रूपमा घाइते भए। वनकर्मी तथा मदारीहाट पुलिसले आशंकाजनक अवस्थामा तिनलाई उद्धार गरेर मदारीहाट अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकले तिनलाई मृत घोषित गरिदिए। मृतदेह भोलि पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाइने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *