मदारीहाटमा देखापर्यो जङ्गली हात्तीको झुण्ड

मदारीहाट : मदारीहाटको मेघनाथ साहा नगर तथा प्रधान नगर इलाकामा आज बिहानै जङ्गली हात्तीको झुण्ड देखापर्यो। स्थानीय मानिसहरू आज बिहान मर्निङ वकमा निस्केको समय जङ्गली हात्तीको झुण्ड देखे। जलदापाडा राष्ट्रिय उद्यानको जङ्गलबाट 5 वटा जङ्गली हात्तीको झुण्ड निस्केर आवासीय इलाकामा प्रवेश गर्यो। धेरैजना मानिसहरू अचानक हात्तीको अघि आए तापनि कुनै प्रकारले आफ्न ज्यान बचाएको बताइएको छ। पछि उक्त हात्तीको झुण्ड पुनः जङ्गलतिर पसे। स्थानीय मानिसहरूले बताएअनुसार समय-समयमा जङ्गली हात्तीको झुण्ड आवासीय इलाकामा पस्ने गरेकोले गर्दा इलाकाका मानिसहरू आतङ्कित बनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *