मदारीहाटमा हात्तीको हमलामा व्यक्तिको मृत्यु

अलिपुरद्वार: हात्तीको हमलामा आज बिहान एकजना व्यक्तिको मृत्यु भएको छ। उक्त घटना अलिपुरद्वार जिल्ला अन्तर्गत मदारीहाटको उत्तर खयेरबारी इलाकामा घटेको हो। मृतक व्यक्तिको नाम कान्छा राई बताइएको छ। प्राप्त जानकारी आज बिहान स्थानीय कान्छा राई काम जानको लागि घरबाट निस्केका थिए। त्यस समय उक्त इलाकामा 3 वटा जङ्गली हात्ती घुमिरहेको थियो भने तीमध्ये एउटा हात्तीले कान्छा राईमाथि हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएका थिए। यसपछि स्थानीय मानिसहरूको सहयोगमा तिनलाई तत्कालै उद्धार गरेर मदारीहाट अस्पतालमा लगे तापनि त्यहीँ तिनको मृत्यु भएको बताइएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *