मदारीहाटमा हात्तीको हमलामा वृद्धको मृत्यु

मदारीहाट : हात्तीको हमलामा एकजना वृद्धको मृत्यु भएको छ। उक्त घटनाले आज बिहान मदारीहाट ब्लकको पूर्व खयेरबारी इलाकामा शोकको लहर छाएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति जलदापाडा जङ्गलबाट एउटा जङ्गली हात्ती मदारीहाटको पूर्व खेयरबारी इलाकामा प्रवेश गरेपछि इलाकाको धेरैवटा घरमा ताण्डव मच्चायो। गत अबेर राति उक्त इलाकाका वृद्ध बाबलु मिर्धा शौचालय जानको लागि घरबाट बाहिर निस्केको समय हात्तीले हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर मदारीहाट थाना पुलिस र वन कर्मीहरू घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *