मदारीहाटमा हात्तीको हमलामा व्यक्तिको मृत्यु

अलिपुरद्वार : हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान मदारीहाटको मेघनाथ साहा नगर इलाका निवासी श्यामदास शर्मा प्रत्येक दिन झैँ आज पनि ग्राम पञ्चायत कार्यालय जानको लागि घरबाट निस्केका थिए। यसपछि ग्राम पञ्चायत अफिस नजिकै अचानक एउटा जङ्गली हात्तीले हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर मदारीहाट थाना पुलिस तथा वन विभागको जलदापाडा वन विभागका वनकर्मीहरू घटनास्थलमा पुगेर शव गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *