मदारीहाटमा जङ्गली हात्तीको ताण्डव

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको मदारीहाट इलाकामा जङ्गली हात्तीले ताण्डव मच्यायो। प्राप्त जानकारी अनुसार आज बिहान एउटा जङ्गली हात्ती जलदापाड़ा राष्ट्रिय उद्यान जङ्गलबाट निस्केर मदारीहाटको मेघनाथसाहा नगरमा पसेर उक्त इलाकामा ताण्डव मच्चायो। हात्तीले ताण्डव मच्चाएर उक्त इलाकाको जमिनको सबै फसलहरू पनि नष्ट गरिदिएको छ। उक्त इलाकामा ताण्डव मच्याएपछि हात्ती जङ्गलतिर लागेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *