मदारीहाटमा जङ्गली हात्तीको हमलामा व्यक्तिको मृत्यु

मदारीहाट : जङ्गली हात्तीको आक्रमणमा एकजना व्यक्तिको मृत्यु भएको छ। उक्त घटना गत राति मदारीहाट ब्लकको उत्तर छेकामारी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार गत राति देवेन्द्र भट्टराई घर पछाडी रहेको सुपारी बारीमा गएको समय एउटा जङ्गली हात्तीले तिनीमाथि हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर मदारीहाट थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि आज शव पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *