मदारीहाटमा जङ्गली हात्तीको हमलामा दुईजना महिलाको मृत्यु, अन्य 2 जना घाइते

मदारीहाट : मदारीहाटमा जङ्गली हात्तीको हमलामा दुईजना महिलाको मृत्यु भएको छ। मृतक महिलाहरू क्रमैले भगवती छेत्री र रेणुका छेत्रीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति मदारीहाट उत्तर छेकामारी इलाकामा जङ्गली हात्तीको दल प्रवेश गरेर हमला गर्दा 3 जना महिला सहित एकजना व्यक्ति घाइते भएपछि तत्कालै तिनीहरूलाई उद्धार गरेर मदारीहाट ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले घाइतेहरूमध्ये भगवती छेत्री र रेणुका छेत्रीलाई उत्तरबंग मेडिकल कलेजमा रेफर गरिदिए। ती दुई घाइतेहरूलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगिरहेको समय बाटोमै तिनीहरूको मृत्यु भएको बताइएको छ। अन्य दुईजना घाइतेको अवस्था आशंकाजनक रहेको छ भने हाल तिनीहरूको उपचार चलिरहेको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *