मदारीहाटमा जङ्गली हात्तीको हमलामा कृषकको मृत्यु

मदारीहाटमदारीहाटमा जङ्गली हात्तीको हमलामा एकजना कृषकको मृत्यु भएको छ। मृतक व्यक्ति राजेन बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति जङ्गली हात्तीको झुण्ड मदारीहाट ब्लकको मध्य खयेरबारी इलाकामा पसेको थियो। त्यस समय राजेश बर्मन नाम गरेका एकजना कृषक फसल हेर्न खेतमा जानको लागि घरबाट निस्केको समय अचानक एउटा जङ्गली हात्तीले तिनीमाथि हमला गर्दा घटनास्थलमा तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर मदारीहाट थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि अलिपुरद्वारा अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *