मदारीहाटमा मरेको चितुवा उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको मदारीहाट रेञ्ज अन्तर्गत जटेश्वर 1 नम्बर ग्राम पञ्चायतको धुलागाउँ इलाकामा मरेको चितुवा उद्धार भएको छ। आज स्थानीय मानिसहरूले मरेको चितुवा देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर जलदापाडा वन विभागका कर्मचारी तथा जटेश्वर आउटपोस्टका पुलिस घटनास्थलमा पुगेर मरेको चितुवा उद्धार गरेर लगेको बताइएको छ। वन विभगका अधिकारीहरूको प्राथमिक अनुमान अनुसार यो प्राकृतिक मृत्यु होइन। सम्भवतः चोट लागेको कारण चितुवा मरेको हुनसक्छ। चितुवाको शव पोस्टमार्टमको लागि पठाएको छ। वन विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *