मदारीहाटमा सडक दुर्घटनामा 3 जनाको मृत्यु

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको मदारीहाट एसिएन हाइवेमा मर्मान्तिक सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार हिजो अबेर राति एउटा ट्रक सडक किनारमा राखेर चालकले ट्रकको पछिल्तिरको टायर परिवर्तन गरिरहेको समय एउटा वाहन अनियन्त्रित भएर ट्रकलाई पछिल्तिरबाट धक्का दिँदा घटनास्थलमै वाहनले किच्चाएर ट्रक चालकको मृत्यु भएको बताइएको छ। अर्कोतिर, वाहनको चालकलगायत वाहनमा सवार एकजना व्यक्ति पनि गम्भीर रूपमा घाइते भएपछि तत्कालै स्थानीय मानिसहरूको सहयोगमा उपचारको लागि अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरले तिनीहरूलाई मृत घोषित गरिदिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *