मदारीहाटमा सडक दुर्घटनामा युवतीको मृत्यु, 1 जना घाइते

मदारीहाट : मदारीहाटको मुजनाई पुल संलग्न इलाकाको एसियन हाईवेमा सडक दुर्घटनामा युवतीको मृत्यु भएको छ भने अन्य एकजना युवक घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज दिउँसो एकजना युवक र युवती बाइकमा सवार भएर वीरपाडातर्फ गइरहेको समय अन्य एउटा वाहनले पछिल्तिरबाट धक्का दिएर घटनास्थलबाट चम्पट कसेको बताइएको छ। उक्त दुर्घटनामा युवतीको घटनास्थलमै मृत्यु भएको छ भने युवक घाइते भएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइते युवकलाई उद्धार गरेर अस्पतालमा लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *