मदरसा बोर्डको माध्यमिक परीक्षार्थीहरूलाई युवा तृणमूलद्वारा कलम, पानी र फुल प्रदान

राजगञ्ज : आजदेखि मदरसा बोर्डको माध्यमिक परीक्षा शुरू भएको छ। युवा तृणमूल कग्रेसका कार्यकर्ताहरूले आज परीक्षार्थीहरूलाई कलम, पिउने पानी र फुल प्रदान गरे। मदरसा बोर्डको माध्यमिक परीक्षा आजदेखि शुरू भएको छ भने आगामी 17 फरवरीमा समाप्त हुनेछ। आज राजगञ्ज ब्लकको बिन्नागढी अञ्चल युवा तृणमूल कङ्ग्रेसको तर्फबाट भन्डारीगछ सुरूबारी हाई मदरसाका छात्र-छात्राहरूलाई कलम, पानीको बोतल र गुलाबको फुल प्रदान गरियो। स्थानीय ग्राम पञ्चायत प्रधान समिजउद्दीन अहमदले भने, परीक्षार्थीहरूलाई शुभकामना दिँदै युवा तृणमूलको तर्फबाट कलम, गुलाबको फुल र पानीको बोतल प्रदान गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *