मदारीहाटमा वाहनको धक्का लागेर मऱ्यो चितुवा

अलीपुरद्वार (निसं): अलीपुरद्वारमा बुधवार अबेर राति एउटा तीव्र गतिमा आइरहेको वाहनको चपेटमा परेर चितुवा मऱ्यो। यो विभत्स घटना चितुवाले मदारीहाट इलाकाको मुल सडक पार गर्ने प्रयास गरिरहेको समय घटेको हो। वाहनको धक्काले घटनास्थलमा नै  चितुवा मरेको बताइएको छ। घटनाको खबर पाएपछि जलदापाड़ा वन विभागका वन कर्मीहरू घटनास्थलमा आइपुगेका थिए। यसपछि वन कर्मीहरूले चितुवाको शव उद्धार गरेर पोस्टमार्टमको लागि जलदापाडा पठाइदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *