मधुमेहप्रति जागरूक गर्नको लागि म्याराथान दौडको आयेाजना गरिने

सिलगढी : मधुमेहको बारेमा मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर म्याराथान दौड प्रतियोगिताको आयोजना गरिने भएको छ। सिलगढी लायन्स क्लब अफ् सिलगढी प्राइड-को तर्फबाट आगामी 16 फरवरीको दिन उक्त म्याराथान दौड प्रतियोगिता सिलगढीको चेकपोस्ट पीबीआर टावर अघिल्तिरबाट शुरू भएर पानीट्याङ्की मोड़ हुँदै पुनः चेकपोस्ट पीबीआरमा पुगेर समापन हुनेछ। यस 6.5 किलोमिटर म्याराथान दौड़मा राज्यभरिबाट लगभग 4 सयजना प्रतियोगीहरूले अंश ग्रहण गर्ने भएका छन्। उक्त दौड प्रतियोगितामा विजयी प्रतियोगीहरूलाई पुरस्कृत गरिने भएको छ। उक्त म्याराथान दौडमा अंश ग्रहण गर्न चाहने धावकहरूले रेजिस्ट्रेशन फी-को लागि 2 सय रुपियाँ तिरेपछि तिनीहरूलाई खाजासहित टी-शर्ट, टोपी वितरण गरिने तथा निःशुल्क स्वास्थ्य  जाँच पनि गराइने आयोजक समितिले बताएको छ। उक्त म्याराथान दौडको उद्घाटन राज्यका पर्यटन मन्त्री गौतम देवले गर्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *