माध्यमिक परीक्षामा धुपगढीका विश्वद्वीप मण्डल नवौँ स्थानमा

जलपाईगढी : धुपगढी बैरातीगढी हाई स्कुलका छात्र विश्वद्वीप मण्डलले माध्यमिक परीक्षामा 685 अङ्क प्राप्त गरेर राज्यमा नवौँ स्थान ओगटेका छन्। मेधावी छात्र विश्वद्वीप मण्डल भविष्यमा विज्ञान लिएर पढ़ाई गर्न चाहन्छन्। यसैबीच विश्वदीपलाई तिनको सफलताको लागि बधाई दिन धेरैजना  मानिसहरू तिनको घरमा पुगे। स्कुलका शिक्षक तथा परिवारका सदस्यहरू साथै साथीहरू तिनको सफलतामा निक्कै खुसी छन्। यस सम्बन्धमा विश्वद्वीप मण्डलले भने, माध्यमिक परीक्षमा नवौँ स्थान हासिल गरेकोमा निक्कै खुसी लागिरहेको छ। म भविष्यमा विज्ञान विषय लिएर पढ्न चाहन्छु।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *