माध्यमिक परीक्षामा उत्कृष्ट प्रर्दशन गर्ने थैलेसिमियाले पीड़ित पायल चक्रवर्तीको शिक्षिका बन्ने सपना

राजगञ्ज : थैलेसिमियाले पीड़ित छात्रा पायल चक्रवर्तीले माध्यमिक परीक्षामा उत्कृष्ट प्रर्दशन गरेर 528 अङ्क प्राप्त गरेकी छन्। तिनी साहुडाङ्गीहाट पीके राय हाई स्कुलकी छात्रा हुन्। पायल भविष्यमा शिक्षिका बन्न चाहन्छिन्। परिवारको सहयोग गर्नको साथै समाजको लागि केही गर्ने तिनको सपना रहेको छ। तर पायलको बिरामीले गर्दा तिनको सपना पुरा हुन सक्छ र भन्ने विषयलाई लिएर परिवारका सदस्यहरू चिन्तित छन्। पायल सिलगढी संलग्न फुलबारी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत गोरामोड़ निवासी श्यामल चक्रवर्तीको छोरी हुन्। श्यामल चक्रवर्तीको परिवारमा तिनको स्वास्नी, एउटा छोरा र छोरी छन्। तिनी पेशाले मन्दिरको पुजारी हुन्। पायलले बताएअनुसार थैलेसिमियाको रोगी भएकोले शरीरमा खुन कम्ती हुने गरेकोले प्रत्येक महिना रगत दिनु पर्दछ। म सधैँ बिरामी रहे तापनि कठोर मेहनत र लगनको साथमा पढाई जारी राखेको छु। कोरोनाले गर्दा स्कुल र ट्युसन जान बन्द भएपछि केही समस्या भएको थियो। भविष्यमा अंग्रेजीको शिक्षक बन्ने इच्छा रहेको तिनले बताइन्। पायलको आमा प्रतिमा चक्रवर्ती र तिनको बोज्यु गोलापी मुखर्जीले बताएअनुसार पाँच वर्षको उमेरदेखि पायल थैलेसिमिया रोगले पीड़ित छन्। बिरामीले गर्दा पायललाई पढ़ाईमा धेरै असुविधाको सामना गर्न परे तापनि तिनले माध्यमिक परीक्षामा 528 अङ्क हासिल गरेकोले तिनको सफलतामा परिवारका सबैजना निक्कै खुसी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *