माध्यमिक अनि उच्च माध्यमिक परीक्षाको पाठ्यक्रममा कटौती

राज्यको शिक्षा विभागले माध्यमिक अनि उच्च माध्यमिकको पाठ्यक्रम 30 देखि 35 प्रतिशत घटाएको घोषणा गरेको छ। कोरोना महामारीले गर्दा विश्वको अर्थव्यवस्था, रोजगार, उद्योग लगायत शिक्षा क्षेत्रमा पनि धेरै प्रभाव पारेको छ। कोरोना महामारीको कारण स्कुल, कलेज, विश्वविद्यालयहरू गत धेरै महिना अघिदेखि बन्द अवस्थामा रहेकोले विद्यार्थीको पढ़ाईमा धेरै नोक्सान भएकोले शैक्षिक सत्रको अवधि पनि कम्ती गरिने राज्यको शिक्षा विभागले निर्णय लिएको छ। यसैले माध्यमिक र उच्चतर माध्यमिक 2021-को पाठ्यक्रममा लगभग 30 देखि 35 प्रतिशत कटौती गरिएको छ। शिक्षा मन्त्री पार्थ च्याटर्जीले हिजो घोषणा गरेअनुसार आउँदो 2021 सालमा माध्यमिक र उच्चतर माध्यमिक दिने विद्यार्थीहरूको लागि पाठ्यक्रमबाट 30 देखि 35 प्रतिशत कटौती गरिने भएको छ। माध्यमिक शिक्षा परिषद्, उच्च माध्यमिक शिक्षा संसद तथा पाठ्यक्रम कमिटीले संयुक्त रूपमा राज्यको शिक्षा विभाग समक्ष प्रस्ताव पठाएपछि नै उक्त पाठ्यक्रममा कटौती गर्ने निर्णय लिएको हो भनि बताइएको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *