माध्यमिकमा राज्यभरिमै आठौँ स्थान ओगट्ने जुनैना परबीनलाई संवर्द्धना

सिलगढी : माध्यमिक परीक्षामा राज्यमा आठौँ स्थान ओगट्ने जुनैना परबीनलाई आज सारदा शिशु तीर्थ हाई स्कुलमा संवर्द्धना जनाइयो। आज स्कुलमा एउटा कार्यक्रमको आयोजना गरेर जुनैना लगायत स्कुलका सबै उत्कृष्ट स्थान ओगट्ने विद्यार्थीहरूलाई संवर्द्धना जनाइयो। उक्त कार्यक्रममा स्कुलका शिक्षक-शिक्षिका लगायत सिलगढीका विशिष्ट शिक्षकहरू उपस्थित थिए। जुनैनालाई डा. प्रणवेश राय स्मृति मेधा पुरस्कार स्वरूप 32,001 रुपियाँ प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *