माध्यमिकमा राज्यभरिमै आठौं स्थानमा आउने सब्या हुसेनलाई बिमलपन्थी खरसाङ टाउन कमिटीद्वारा सम्मान

खरसाङ: बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटीद्वारा यसपालीको माध्यमिक परीक्षामा राज्यभरिमै आठौं स्थान ओगटेका खरसाङ वार्ड नम्बर 11 का सब्या हुसेनलाई सम्मान जनाइयो। सब्याले यसपालीको माध्यमिक परीक्षामा 98.50 प्रतिशत अङ्क प्राप्त गरेर खरसाङ मात्र होइन तर दार्जिलिङ पहाड़लाई नै गौरान्वित बनाएकोमा हर्ष प्रकट गर्दै बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटिको तर्फबाट खदा अर्पण गर्दै मिठाई खुवाएर सम्मान जनाइयो। यस अवसरमा सब्य हुसेन र तिनका पिता अहमद हुसेनलाई बिमलपन्थी गोजमुमोद्वारा खदार्पणसहित सम्मान जनाएको छ भने भविष्यमा नानीको पढाईमा प्रगतिको पनि कामना गरेको छ। यस अवसरमा बिमलपन्थी गोजमुमो खरसाङ टाउन कमिटिका कार्यकारी सभापति बिक्रम तामाङ, सचिव विकास तिरुवा, अल्पसंख्यक सांगठन महकुमा समितिका सांगठनिक सचिव अजगरी बानु, टेलर युनियनका सचिव अमिलरुल हक, टाउन कमिटीका उपाध्यक्ष सुधीर गुरुङ, पुजा गुरूङ, टाउन अल्पसंख्यकका अध्यक्ष अरिनल अहमद लगायत अन्य उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *