माध्यमिक परीक्षा अवधि ट्राफिक सुचारू गरिनु पर्ने मागमा भाजपाको ज्ञापन

सिलगढ़ी: सिलगढ़ी शहरलगायत यसको सङ्लग्न ठाउँहरूमा दिनहुँ घण्टौसम्म ट्राफिक जामको समस्या हुने गर्दछ। यसैक्रममा आगामी 18 फरवरीदेखि सम्पूर्ण राज्यभरिमैं माध्यमिक परीक्षा शुरू हुने भएको छ। उक्त परीक्षालाई केन्द्र गरेर भाजपा युवा मोर्चाद्वारा सिलगढ़ीमा जामको समस्यालाई समाधान गरिनु पर्ने माग गर्दै आज यहाँको भाजपा कार्यालय अघि विरोध प्रदर्शन गरे। यसपछि भाजपा युवा मोर्चा कार्यकर्ताहरूले जामको कारण माध्यमिक परीक्षार्थीहरूलाई कुनै प्रकारको समस्या नहोस् भन्ने माग गर्दै  भाजपा युवा मोर्चा सिलीगुड़ी सांगठनिक जिल्ला कमिटीको तर्फबाट सिलगढ़ी मेट्रोपोलिटन पुलिसका  ट्राफिक डीसीपीलाई एउटा ज्ञापन सुम्पिइयो। सिलगढ़ी सांगठनिक भाजपा जिल्ला अध्यक्ष कञ्चन देवनाथले बताए अनुसार सिलगढ़ीमा जामको समस्या एउटा विकट समस्या बन्न पुगेको छ। यदि माध्यमिक परीक्षा अवधिमा पनि यही प्रकारको समस्या रहेको खण्डमा विद्यार्थीहरूलाई धेरै समस्या हुनेछ। यसैले माध्यमिक परीक्षा अवधि परीक्षार्थीहरूलाई समस्या नहोस् भन्नेबारे सिलगढ़ी ट्राफिक पुलिसले अगावै सबै तयारी गरिनु आवश्यक रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *