माध्यमिक परीक्षा दिएर घर फर्किरहेको समय सडक दुर्घटनामा एकजना माध्यमिक परीक्षार्थी घाइते

राजगञ्ज (निसं): माध्यमिक परीक्षा दिएर घर फर्किरहेको समय सडक दुर्घटनामा परेर एकजना माध्यमिक परीक्षार्थी घाइते भएको छ। उक्त घटना आज साहुडाङ्गी-आमबारी राजकीय सडकको साहुडाङ्गी संलग्न आमेति मोड इलाके मा घटेको हो। घाइते परीक्षार्थीको नाम बिकी राय बताइएको छ। तिनी मन्तादारी ग्राम पञ्चायतको शिमुलगढी इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार बिकी राय आमबारी फालाकाटा चिन्तामोहन उच्च विद्यालयका छात्र हुन्। तिनको माध्यमिक परीक्षा केन्द्र साहुडाङ्गी हाट पीके राय उच्च विद्यालयमा रहेको छ। माध्यमिक परीक्षाको पहिलो दिन परीक्षा दिएपछि बिकी र अन्य एकजना परीक्षार्थी बाइकमा सवार भएर घर फर्किरहेको समय साहुडाङ्गी संलग्न आमेति मोड इलाकामा बाइक अचानक अनियन्त्रित भएर सडक किनारे लड्दा बिकी घाइते भएको बताइएको छ। घटनापछि तिनलाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *