माध्यमिक परीक्षा जून महिनामा हुने

कोलकाता : कोरोना महामारीको कारण माध्यमिक परीक्षाको मिति पछि सारिएको छ। विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर माध्यमिक शिक्षा परिषद्ले अब माध्यमिक परीक्षा आगामी जून 2021-मा गर्ने निर्णय लिएको छ। यसको साथै उच्च माध्यमिक परीक्षाको मिति पनि पछि सारिएको छ। माध्यमिक परीक्षा शेष भएपछि उच्च माध्यमिक परिक्षा शुरू गरिने बताइएको छ। संसद एवम् बोर्ड-द्वारा विवरण सूचीको घोषणा पछि गरिने शिक्षा मन्त्री पार्थ च्याटर्जीले बताएका छन्। अर्कोतिर, कोरोना महामारीलाई ध्यानमा राखेर 2021 सालको फरवरी महिनासम्म सीबीएसई-को कुनै पनि बोर्ड परीक्षा सम्पन्न नगरिने अनलाइन लाइभ कार्यक्रममा केन्द्रीय शिक्षा मन्त्री रमेश पोखरियल निशंकले घोषणा गरेका छन्।


(इन्टरनेट फोटो)


Leave a Reply

Your email address will not be published. Required fields are marked *