माध्यमिक परीक्षामा पोख्रेबुङ भेल्ली टप्पर कृष्टिनालाई बधाई

पोख्रेबुङ : राईजिङ सन अंग्रेजी विद्यालय सङ्गम बजार एभनग्रोभ चियाबारीमा अध्ययनरत विद्यार्थी कृष्टिना राई यसवर्षको माध्यमिक परीक्षामा 70 प्रतिशत अङ्क ल्याएर भेल्ली टप्पर बनेकी छन्। तिनको यस उपलब्धिप्रति शिक्षण-अशिक्षण कर्मचारी साथै सम्पूर्ण विद्यार्थी वर्गमा खुशीको लहर छाएको छ।  माध्यमिक परीक्षामा उतीर्ण बनेका सम्पूर्ण विद्यार्थीहरूलाई स्कुलको पक्षबाट शुभकामना व्यक्त गरेको छ। गत वर्ष माध्यमिक परीक्षामा यसै स्कुलबाट आर्यन तामाङ भेल्ली टप्पर बनेका थिए भने यस वर्ष पनि यसै विद्यालयका कृष्टिना राई भेल्ली टपर बनेकी विद्यालयका प्रोपाइटर अमर स्याङदेनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *