माध्यमिक परीक्षामा मिरिक महकुमा टप्परलाई छात्रवृत्ति पुरस्कार प्रदान

मिरिक : फुवागढी उच्चत्तर माध्यमिक विद्यालयमा आज छात्रवृत्ति वितरण समारोहको आयोजना गरियो। यस वर्षको माध्यमिक परीक्षामा मिरिक महकुमामा टप्पर बनेका मेधावी छात्र मनिष चौधरीले यसै विद्यालयबाट 85 प्रतिशत अङ्क ल्याएर विद्यालयको नाम रोशन गरेकोमा तिनलाई विद्यालयको तर्फबाट प्रशस्ति पत्र प्रदान गरेर सम्मान गरियो। विद्यालयको प्रेक्षा गृहमा सम्पन्न उक्त समारोहमा विद्यालयका शिक्षक प्रभारी डीके गिरीले अध्यक्षता गरेका थिए भने समारोहमा स्व. सुवास राई स्मृति छात्रवृत्तिका प्रायोजक बानिरा राई अनि स्व. श्याम हेम स्मृति छात्रवृत्तिका प्रायोजक यसै विद्यालय सहशिक्षक पेमा लामा अनि श्रीमती प्रतीक्षा लामाको प्रमुख उपस्थितिमा सो दुईवटा छात्रवृत्ति प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *