माध्यमिक परीक्षामा अलिपुरद्वारकी समृद्धि दे दसौँ स्थानमा

अलिपुरद्वार : अलिपुरद्वारकी समृद्धि दे-ले माध्यमिक परीक्षामा 684 अङ्क हासिल गरेर राज्यमा दसौँ स्थान ओगट्न सफल बनेकी छन्। अलिपुरद्वारको ईटखोला निवासी समृद्धि दे अलिपुरद्वारको न्यु टाउन गर्ल्स हाई स्कुलको छात्रा हुन्। तिनको सफलतामा परिवारका सदस्य लगायत अलिपुरद्वार सहरका मानिसहरू निक्कै खुसी छन्। समृद्धिले बताएअनुसार माध्यमिक परीक्षाको रिजल्ट यत्ति राम्रो हुन्छ भनेर सोचेकी थिइन्।


प्रतिदिन 7-8 घण्टा पढ्ने गरेको तिनले बताइन्। विज्ञान विषयमा अघि पढाई गर्ने तिनले इच्छा व्यक्त गरिन्। तिनले बङ्ग्लामा 96, अंग्रेजीमा 95, गणितमा 99, जीव विज्ञानमा 100, भौतिक विज्ञानमा 100, इतिहासमा 95 र भूगोलमा 99 अङ्क प्राप्त गरेकी छन्। समृद्धिलाई बधाई दिनको लागि धेरैजना मानिसहरू तिनको घरमा गइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *