माध्यमिक परीक्षार्थीहरूलाई कलमको साथमा शुभकामना

सिलगढी:  आजदेखि सम्पूर्ण राज्यभरिका अन्य ठाउँहरूको साथमा सिलगढ़ीमा पनि माध्यमिक परीक्षा शुरू भयो। आज परीक्षाको पहिलो दिन सिलगढ़ीको 46 नम्बर वार्ड तृणमूल कांग्रेस कमिटीको तर्फबाट श्रीगुरु विद्या मन्दिर बङ्लादि हाई स्कूल परीक्षा केन्द्रका माध्यमिक परीक्षार्थीहरूलाई एउटा कलम साथै ममता ब्यानर्जीद्वारा दिएको शुभकामना कार्ड पनि प्रदान गरियो।

यसको साथै 46 नम्बर वार्ड तृणमूल कांग्रेसद्वारा माध्यमिक परीक्षार्थीहरूलाई परीक्षामा सफलताको अग्रिम शुभकामनाको साथै उज्जवल भविष्यको कामना पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes