माध्यमिक परिक्षार्थीहरूलाई एबीभीपी-का सदस्यहरूद्वारा कलम वितरण

सिलगढी : कोरोना महामारीले गर्दा गत दुई वर्षपछि आजदेखि राज्यभरिकै विभिन्न स्कुलहरूमा माध्यमिक परीक्षा शुरू भएको छ। सिलगढीमा माध्यमिक परिक्षार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्य लिएर आज अखिल भारतीय विद्यार्थी परिषदका सदस्यहरूले परिक्षार्थीलाई चन्दनको टीका लगाइ दिँदै कलम प्रदान गरे। अखिल भारतीय विद्यार्थी परिषदका सदस्य शुभब्रत अधिकारीले बताएअनुसार हाल कोरोना संक्रमण कम्ती भएकोले गर्दा सबै स्कुलहरू खोलिएको छ। विभिन्न स्कुलहरूमा बनाइएको परीक्षा केन्द्रमा आज माध्यमिक परीक्षा दिन गइरहेका विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त पहल गरिएको तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *