माध्यमिक परीक्षार्थीका अभिभावकहरूलाई खाद्य पदार्थ वितरण

सिलगढी : माध्यमिक परीक्षार्थीहरूलाई परीक्षा केन्द्र बाहिर कुरेर बसेका अभिभावकहरूलाई भारतीय जनता पार्टीले केही खाद्य पदार्थ प्रदान गरे। सिलगढीको आश्रमपाडास्थित नील नलिनी विद्यामन्दिर अघि भाजपाले उक्त कार्यसूची पालन गर्यो। आजदेखि माध्यमिक परीक्षा शुरू भएकोले परीक्षा चलिरहेको समय धेरैजसो अभिभावकहरू स्कुल बाहिर आफ्ना छोरा-छोरीको प्रतीक्षा गरिरहेका छन्। ती अभिभावकहरूलाई आज भापजाका सदस्यहरूले केही खाद्य सामग्री जस्तै पिउने पानी, केक, बिस्कुट आदि प्रदान गरे। यस अवसरमा दार्जिलिङ भाजपा नेता सौरभ प्रसन्न दे, तरुण कुमार गुप्तालगायत अन्य उपस्थित थिए। यसको साथै सिलगढी सांगठनिक संगठनको तर्फबाट सबै माध्यमिक परीक्षार्थीहरूलाई शुभकामना पनि व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *